Skip to content

बिहीबार राति दोहा उडेको नेपाल एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि फिर्ता

काठमाडौं । काठमाडौंबाट बिहीबार राति कतारको दोहा उडेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानको हाइड्रोलिकमा समस्या देखिएको हो ।

बिहीबार राति २ सय ६५ जना यात्रु बोकेर सो विमान दोहातर्फ प्रस्थान गरेको थियो । सो विमान प्राविधिक समस्या  देखिएपछि उडेको ४४ मिनेटमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।

नेपाल वायुसेवा निगमले उक्त विमानका यात्रुलाई राति आफ्नो अर्को वाइडबडी नाइनएन–एएलजेडमा पठाएको जनाएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal