Skip to content

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

मस्को ।  रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली सेभास्तोपोल शहरका गभर्नरले बताएका  छन् । 

‘एउटा सैन्य विमान समुद्रमा खसेको छ,’ गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राममा गरेको पोस्टमा लेखेका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा एउटा विमान आकाशबाट खसेको देखिएको छ । युक्रेनी प्रायद्वीप क्रिमियाको दक्षिणी शिखरमा ‘ब्ल्याक सी’को क्षेत्रको ऐतिहासिक रूसी मुख्यालय रहेको सेवस्तोपोललाई सन् २०१४ मा मस्कोले कब्जा गरेको थियो । 

दुई वर्षदेखि जारी द्वन्द्वका क्रममा यो क्षेत्रमा युक्रेनी आक्रमण हुँदै आएको छ । ‘घटनामा विमान चालक जहाजबाट निक्लिएको र उनलाई सेवस्तोपोल रेस्क्यु सर्भिसका उद्धारकर्मीहरूले किनाराबाट २०० मिटरको दूरीमा लगेका छन् । उनको जीवन खतरामुक्त छ,’ गभर्नर रज्भोजायेभले भने ।

सामाजिक सञ्जालमा सार्वजनिक कतिपय भिडिओमा विमानचालक जहाजबाट बाहिर निस्केपछि प्यारासुटबाट तल झरेको देखिन्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal