Skip to content

एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो 

काठमाडौं । एनएमबी बैंकले शुक्रबारदेखि ५२ हजार १ सय ७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघरसंस्थाले समेत बोलपत्र पेस गर्न सक्नेछन् । 

सो संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ १ सय २० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर लगानीकर्ताले लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने छ । 

एनएमबी क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्ने गरी आवेदकले लिलामीको बोलपत्र पेस गर्नुपर्ने छ । आवेदकले  चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal