Skip to content

नारायणी डेभलपमेन्ट बैंकले बोलायो वैशाख १८ गते साभारणसभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारणसभा होटल स्टा चितवन, रत्ननगर टाँडीमा वैशाख १८ गते बोलाएको छ । 

 उक्त  बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । सो  सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस  गर्ने छ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।  

बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal