Skip to content

अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको के छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌ंकका अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ।

यसैगरी, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । आज साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९० पैसा छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal