Skip to content

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

nabil
global ime

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज २ देखि ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।

प्राधिकरणका अनुसार काठमाडौंमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटारलगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ।

त्यहाँ ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

त्यस्तै लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, ए।भी।एम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रहरूमा विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima