Skip to content

लेखनाथको अर्चलेमा बस दुर्घटना

कास्की ।  पोखरा–२७ लेखनाथस्थित अर्चलेमा आज बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । दुर्घटनामा परी चालक पोखरा–२७ निवासी ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ निवासी ४१ वर्षीय शालिकराम सुवेदी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अस्पताल प्रशासनले आजै साँझ डिस्चार्ज गरेको छ । उनीहरुको शरीरमा भित्री चोट नदेखिएको अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिए । 

पोखरा–२७ को आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको बेगनास ताल बस व्यवसायी समितिअन्तर्गत ग १ ख ८६८० नंको बस पल्टिएको हो । बसमा चालक र सहचालक मात्र थिए । ब्रेक फेलभई बस सडकमै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकमै ठाडो अवस्थामा छ । घटनाबारेमा सिसुवा प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ ।  

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal