Skip to content

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा ‘नगरकी छोरी’ कार्यक्रम शुरुवात

काठमाडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिक रुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत “नगरकी छोरी” कार्यक्रम आजबाट शुभारम्भ भएको छ ।

 बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभ बैंकका तर्पmबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर  गरे । 

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी”  कार्यक्रमको शुभारम्भ गरिएको हो । 

“नगरकी छोरी”  कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम मिति २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ ।  बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट ५ हजार जम्मा गरिने छ । 

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो । 

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा आजबाट शुभारम्भ गरिएको “नगरकी छोरी” कार्यक्रमबाट  बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal