Skip to content

आइतबार नेप्से १७.३० अंकले घट्यो, कारोबार ३ अर्ब २० करोड

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक मापक नेप्से १७.० अंकले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको हो । आज दिनभरमा ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आज कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको २ लाख ९० हजार १३६ कित्ता सेयर २८ करोड ६८ लाख ९३ हजार रुपैयाँमा किनबेच भएको हो । 

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये निर्जीवन बिमाबाहेक सबै १२ ओटै ऋणात्मक बनेको छ। उत्पादनमूलक सर्वाधिक ३.६५ प्रतितशले घटेको बजारमा ब्यापार, लघुवित्त र विकास बैंकको इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिव् सिमेन्टको ११ करोड ५५ लाख हाथवे इन्भेष्टमैनटको ९ करोड ५८ लाख र रिभर फल्स पावरको ९ करोड माथिको सेयर कारोबार भयो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal