Skip to content

एनआईसी एसिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

nabil bank

 

Hyundai

काठमाडौं । एनआईसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यो वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।

बैंकका सातै प्रदेशका १ सयभन्दा बढी शाखाले विद्यार्थी र युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरे ।

यो अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी र युवा लाभान्वित भएका बैंकले जनाएको छ ।

३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमणसमेत गराउँदै बैंकिङ प्रणालीका बारेमा जानकारी गराएको बैंकले जनाएको छ ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरूले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरूलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए । 

त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरूमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ । 

एनआईसी एशिया बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटीएम, १ सय १६ विस्तारित काउन्टर र ५१ शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance