Skip to content

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १० पैसा रहेको छ ।

आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा र बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यसैगरी, साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal