Skip to content

चौदण्डीगढी नगरपालिकाद्वारा हँडियाका २४ किसानलाई उन्नत जातको गाई वितरण

गाईघाट । चौदण्डीगढी नगरपालिका–१० हँडियाका २४ किसान परिवारलाई होलिस्टाइन जानका २४ वटा गाई वितरण गरेको छ ।  किसानलाई पशुपालनमा प्रोत्साहन गराउन र आत्मनिर्भर बनाउन उन्नत जातका गाई खरिद गरी वितरण गरिएको सो नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको ग्रामीण उद्यम विप्रेषण आयोजना, समृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत उन्नत जातका गाई वितरण गरिएको नगरप्रमुख कालुमान लामाले बताए । ती गाई  १७ लाख ८० हजार रुपैयाँमा खरिद गरी वितरण गरिएको नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिए । 

चौतारी सवल कृषक समूहका अध्यक्ष विष्णु निरौलाले यी गाईले गाईले एकपटकमा १० लिटरसम्म दूध दिने बताए । किसान देवप्रसाद ढुङ्गानाले आफूहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि उन्नत जातका गाई उपयोगी हुने बताए । नगरपालिकाले यसअघि पनि दुई सयभन्दा बढी उन्तत जातका बयर बोका र भैँसी किसानलाई वितरण गरेको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal