Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक निर्वाचनको प्रक्रिया अदालतको अल्पकालिन आदेशले रोकियो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको निर्वाचन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले रोकिएको छ । 

बैंकले नयाँ सञ्चालक समितिको चयन गर्न चैत २० गते साधारणसभा बोलाएको थियो । साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जनालाई सञ्चालक समितिमा चयन गर्ने थियो । 

उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै उम्मेदवार ताराप्रसाद सापकोटाले निर्वाचन अधिकृतसमक्ष दाबी विरोध निवेदन पेस गरेका थिए । निर्वाचन अधिकृतले दाबी विरोध निवेदनको सुनुवाई नगरेर अयोग्य उम्मेदवारको नाम प्रकाशन गरेपछि निर्वाचन प्रक्रियामा विवाद भएको थियो । 

सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

अल्पकालिन आदेशसँगै इन्भेष्टमेन्ट बैंकको निर्वाचन तालिका स्थगित भएको हो । गतवर्ष नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको थियो । मर्जरपछि बैंकले सेयरधनीलाई लाभांश भने दिन सकेन । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal