Skip to content

साओमीको लाइका क्यामरासहितको फ्ल्यागसिप स्मार्टफोन साओमी १४ बजारमा, मूल्य कति ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपालमा सार्वजनिक गरेको छ । साओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् ।

साओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने  विश्वास कम्पनीले  लिएको  छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले  भने, ‘शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले,ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ साओमी १४ प्रयोगकर्ताको लागि सर्वोत्कृष्ट  विकल्प  बन्ने  हामीले  विश्वास लिएका छौँ । हामीलाई अपार माया दिनुहुने हाम्रा नेपाली ग्राहकहरूका लागि यो नयाँ प्रविधि ल्याउन पाउँदा हामी ज्यादै खुसी छौँ ।’

लाइका क्यामरा प्रविधिको सुरुवातः

साओमी १४ ले लाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ । ठूलो १.६ एपर्चरको साथ साओमी १४ ले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ । यस अप्टिकल लेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दावि छ । लाइकाको ७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन ९०० इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सन प्रदान गर्छ । 

शक्तिशाली पर्फर्मेन्सः

साओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुन अत्याधुनिक ४ एनएम पावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको हो । क्वाल्कम एड्रेनो जिपियुसँग जोडिएको यस चिपसेटले सिमलेस पर्फर्मेन्स र प्रभावकारी पावर म्यानेजमेन्ट सुनिश्चित गर्दछ जसले प्रयोगकर्ताहरूको गेमिङ अनुभव फरक बनाउँदछ ।

आकर्षक डिस्प्लेः

२६७०X १२०० को रिजोलुसन र १ .५ के ६.३६ इन्चको एमोलेड प्यानलका साथ आकर्षक डिस्प्लेमा साओमी १४ आएको छ । १ हर्जदेखि १२० हर्जसम्मको डाइनामिक रिफ्रेस रेटले फ्लुइड एनिमेसन, सहज स्क्रोलिङ र पावर इफिसियन्सी सुनिश्चित गर्दछ । साथमा डल्बी भिजन, प्रो एचडिआर डिस्प्लेले भाइब्रेन्ट र डिटेल कलर पनि  उपलब्ध  रहेको  छ । 

शक्तिशाली ब्याट्री र फास्ट चार्जिङः

साओमी १४ को ४६१० एमएचको ठुलोे ब्याट्री र फास्ट चार्जिङले दिनभरको प्रयोग सुनिश्चित गर्छ । ९० वाटको फास्ट चार्जिङ भएको हुँदा जम्मा ३१ मिनेट ( बुस्ट मोड) मा नै फूल चार्ज गर्न सक्छ । साथै ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङले यस डिभाइसलाई झनै उपयुक्त बनाउने कम्पनीले दाबी गरेको छ । 

साथै एआई फेस अनलक र अन स्क्रिन फिङ्गरप्रिन्ट जस्ता फिचरले साओमी १४ लाई झनै सुरक्षित बनाउँदछ भने आइपी ६८ रेतिंग  भएको  हुदा  साओमी १४ लाई धुलो र पानीबाट पनि बचाउँदछ । साथै साओमी हाइपर ओएसले स्मुथ र सहज अनुभव प्रयोगकर्तालाई प्रदान गर्नेछ । 

बजार उपलब्धताः

साओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । साओमी १४,  १२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य  ९९ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ । 

यस्तै, साओमीले साओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ जसको माध्यमबाट ग्राहकहरुले साओमी १४ मा विशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यस क्लबका सदस्यहरूले ६–महिना विस्तारित वारेन्टी, एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो ६ महिना भित्र), निःशुल्क लेबर कस्ट (पहिलो २४ महिना भित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन् । यस प्रायोरिटी क्लबको  शुरुवातले  साओमीको  ग्राहक  अनुभवलाई अझै निखार्ने कम्पनिले विस्वास लिएको छ  ।

साओमी १४ सबै एमआई स्टोर र साओमीका आधिकारिक अथोराइज्ड रिटेल आउटलेटहरुमा १८ चैतबाट उपलब्ध छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal