Skip to content

देशमा अर्थतन्त्र सुधार गर्न ५०० र हजारको नोटबन्द गरियोस्ः सांसद चौधरी

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले ५ सय र हजारको नोटबन्दी गर्नुपर्ने माग राखेका छन् । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा अर्थतन्त्र बिग्रेको र यसलाई सुधार गर्ने भए नोटबन्दी गर्नै पर्ने धारणा राखे । 

चौधरीले नेपालको केही प्रतिशत व्यक्तिले बोरा, ट्यांकी, गाउँ र सहरमा लुकाएर राखेको भन्दै नोटबन्दीको विषय उठान गरे । ‘पैसा केही प्रतिशत माछेले बोरामा, ट्यांकीमा, सहर र गाउँघरमा लुकाएको हुनाले हजार र पाँच सयको नोट तुरुन्त सरकारले बन्दी गर्नुपर्छ । यदि नेपालको भलो र विकास चाहिने भए, आर्थिक अवस्था चलयमान र सुधार गर्न चाहन्छ भने तुरुन्त नोटबन्दी गर्नुपर्छ,’ उनले भने । 

सांसद चौधरीले देशको अर्थव्यवस्थामा पैसा कहाँ गयो के भयो भन्ने जनताको प्रश्न रहेको बताए । व्यापार व्यवसाय गर्न गाह्रो भएको सटर बन्द गरेर मानिसहरू पलायन भएको भन्दै उनले नोटबन्दी तुरुन्त गरेर विकल्प दिन अनुरोध गरे । ‘नयाँ १५ सय, दुई हजार वा २५ सयको नयाँ नोट छाप्नुपर्छ । यसको विकल्प छैन यो नगरी देशको हालत सुध्रने छैन । नोट बन्दी गरियोस्,’ उनले भने ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal