Skip to content

लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरणबारे कार्यक्रम सम्पन्न

काठमाडौं। लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो समर्पणलाई जोड दिँदै उद्घाटन ‘स्पार्क’ २४ नेतृत्वमा महिला सशक्तीकरण– समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दवन सान्चेज, एफ सफ्ट ग्रुपका पीयूष पौडेललगायतका वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्नो धारणा सेयर गरिन्। 

सो अवसरमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूको श्रृंखलामार्फत आफ्ना महिला कर्मचारीको व्यावसायिक विकास र सुस्वास्थ्य अभिवृद्धि गर्न बैंकको अटल प्रतिबद्धता दोहोर्‍याए ।

‘हामी एक अनुकूल वातावरण प्रदान गर्न प्रयास गर्छौं, जसले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा फस्टाउन सक्षम बनाउँछ,’ शाहले भने,  ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढवा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ ।’

हाल, लक्ष्मी सनराइज बैंकको ३ सय ६५ कार्यशक्ति महिला छन् । यसैगरी काठमाडौं उपत्यकामा बैंकका करिब ४ सय ५ शाखा प्रबन्धकहरू महिला छन् भने २ सय ५५ विभागको नेतृत्व महिलाले गरेका छन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal