Skip to content

निगमलाई न्यारोबडी विमान खरिदबारे जवाफ पेस गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकले न्यारोबडी विमान खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । 

न्यारोबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले न्यारोबडी विमानका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए ।

समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका निम्ति बाध्य हुने उनले चेतावनी दिए । उनले निगमले विमान खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि एक ठाउँमा हुन जरुरी रहेको उनले बताए । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal