Skip to content

सोमबार सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला १ हजार ६ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला १ लाख ३१ हजार ६ सय कायम भएको छ । 

यस्तै, तेजाबी सुन आइतबार १ लाख २९ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ । 

सोमबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal