Skip to content

बंगलादेशसँग १० वर्षदेखि लगातार व्यापार घाटा

झापा । नेपालले एक दशकयता बंगलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०र८१ को चालु आठ महिनामै दुई अर्ब ४३ करोड आठ लाख ९० हजार रुपैयाँ व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१र७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन । 

चालु आवको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बङ्गलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ ।

बङ्गलादेशसँग आव २०७९र८० मा पाँच अर्ब १८ करोड नौ लाख १३ हजार रुपैयाँ, आव २०७८र७९ मा १० अर्ब ३८ करोड ३० लाख ३५ हजार रुपैयाँ, आव २०७७र७८ मा छ अर्ब ५४ करोड ७४ लाख एक हजार रुपैयाँ, आव २०७६र७७ मा चार अर्ब २४ लाख आठ हजार रुपैयाँ, आव २०७५र७६ मा दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४र७५ मा र ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ ।

यसैगरी, आव २०७३र७४ मा  दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१र७२ मा एक अर्ब ४० करोड ९७ लाख १३ हजार रुपैयाँ व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ ।

आव २०७०र७१ मा आयातको तुलनामा ६० करोड ७७ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । उक्त आवमा बङ्गलादेशबाट  एक अर्ब ४८ करोड ९० लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट दुई अर्ब नौ करोड ६७ लाख ५४ हजार रुपैयाँमूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । 

यसैगरी, आव २०६९र७० मा ५८ करोठ २७ लाख ४९ हजार रुपैयाँ, आव २०६८र६९ मा एक अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७र६८ मा  दुई अर्ब ३९ करोड ६९ लाख ११ हजार रुपैयाँ व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बङ्गलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखे। चार वर्षदेखि पूर्वीनाका ९स्थलमार्ग०बाट बङ्गलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उहाँले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने बताए।

‘कोभिडदेखि काँकरभिठ्ठाबाट बङ्गलादेशी पर्यटक आउन ठप्प भइरहेको छ’, उनले भने, ‘नेपाली अलैँची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बङ्गलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal