Skip to content

नेप्सेमा झिनो अंकले गिरावट

काठमाडौं । नेप्से सूचक मंगलबार १.८५ प्रतिशतले घटेर २०१०.२१ अंकमा अडिएको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

२ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ६ वटा समूह सकारात्मक रहेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ । यो समूह लामो समयदेखि वृद्धि हुन सकेको थिए । पछिल्ला केही दिनयता भने सकारात्मक संकेत देखिएको छ ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन सर्वोत्तम सिमेन्टको साढे ९ करोडको सेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको सेयर किनबेच भएको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal