Skip to content

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयर संस्थापक सेयरधनीका लागि उक्त सेयरको खरिद आवेदन खुलाएको हो ।  

उक्त कम्पनीले सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यामान संस्थापक सेयरधनीहरु छन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय कमलादीमा आवेदन दिनुपर्ने छ ।

सो समयभित्र सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा प्रचलित कानुनबमोजित सर्वसाधारणमा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने संस्थाले जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal