Skip to content

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जरका लागि सम्झौतामा हस्ताक्षर

 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले एकआपसमा मर्जरसम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । आइतबार यी दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

यसैगरी, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

 यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ । यी दुई कम्पनीले साउन ९ गते मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal