Skip to content

सुनको मूल्य ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले  बढेर १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँ कायम रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २५६ डलर र चाँदी प्रतिऔंस २५।३४ डलरमा कारोबार भइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal