Skip to content

गोर्खाज फाइनान्सको ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । गोर्खाज फाइनान्सले सेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला गरेको छ । 

उक्त फाइनान्सले सूचना प्रकाशन गरेको ३५ दिनभित्र पनि विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गरेको हो ।

सेयरको प्रतिकित्ता १ सय ५० रुपैयाँ रहेको छ । सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजातसहित संस्थाका प्रधान कार्यलय डिल्ली बजारमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal