Skip to content

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले पुनप्रसाद सुवेदीको नाममा रहेको ३० हजार, नम्रता श्रेष्ठको नाममा रहेको ७ लाख ५० हजार ३ सय ९४, नारायण श्रेष्ठको नाममा रहेको ४ हजार, प्रकाश तायलको नाममा रहेको ३ लाख ८ हजार ३ सय ४८, तुलसी राम नेपालको नाममा रहेको ७ हजार ४ सय ९, ईश्वर लाल श्रेष्ठको नाममा रहेको १ लाख ५ हजार ८ सय ४, नरेश विक्रम सिजापतिको नाममा रहेको २२ हजार ३ सय १३, गिरेन्द्र मान सिंह श्रेष्ठको नाममा रहेको ९९ हजार ५ सय ९९ गरी जम्मा १३ लाख २७ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री खुल्ला गरेको हो ।

उक्त बैंकले सेयरको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेका छन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय कमलादीमा आइपुग्ने गरी निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal