Skip to content

दुई कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा कार्यालयले ती निमार्ण व्यवसायी, आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले मुख्यव्यक्ति नरेश प्रसाद ओझा रहेको काठमाडौँ कोटेश्वरको श्री जुगल विल्डर्स कम्पनी प्रालिलाई तीन वर्ष र मुख्य व्यक्ति कान्ति देवी मिश्र रहेको काठमाडौँ चाबहलिको श्री जेएमबीडी इन्टरनेशनलाई एक वर्ष छ महिना कालोसूचीमा राखेको हो ।


sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal