Skip to content

गैरआवासीय नेपाली संघ कुमार पन्तको कार्यकालमा फर्कियो

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन) कुमार पन्तको कार्यकालमा फर्किएको छ । 

सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल र नहकुल  सुवेदीको सयुक्त इजलाशले १० औं महाधिवेशनलाई अवैधानिक ठहर गरेको थियो । कुमार पन्त ९ औं महाविधेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

अदालतको फैसला अनुसार कार्यसमिति कुमार पन्तको फकिएको छ । कुमार पन्तको कार्यसमितिले महाधिवेशन गराउने जिम्मा शेष घलेलाई दिएको थियो । सो अनुसार अदालतले ६ महिनाभित्र एकता महाधिवेशन गराउने जिम्मा घलेलाई दिएको छ । 

 १० औं महाधिवेशनमा कुल आचार्य,रविना थापा,बद्रि केसी अध्यक्षमा चुनिएका थिए भने त्यसलाई अस्वीकार गर्दै शेष घलेको समूहले बिनोद कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो । 

कुल आचार्य,रविना थापा,बद्रि केसीले बोलाएको ११ महाधिवेशनपछि पनि संस्था दुई चिरामा परेको थियो । सर्वोच्चको १० औं महाधिवेशनलाई नै अवैधानिक भएपछि संस्था कुमार पन्तको कार्यकालमा फर्किएको छ । सर्वोच्चले एकताबद्ध गरेर महाधिवेशन गर्न फैसला सुनाएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal