Skip to content

सात लाखको अवैध सामान बरामद

वीरगञ्ज । बाराको गोलागञ्जबाट सशस्त्र प्रहरी बलले  सात लाख २५ हजार रुपैयाँको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको सो सामान बरामद गरिएको हो ।  

सशस्त्र प्रहरी बल विओपी गोलाञ्जबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुङ्गेलको नेतृत्वको टोलीले भारतको घोडासाहानबाट अवैधरुपमा राजस्व छली गरेर नेपाल भित्र्याइरहेको अवस्थामा तीन क्विन्टल फूल, एक सय क्विन्टल प्याज र चार थान मोटरसाइकल बरामद गरेको हो । प्रहरी निरीक्षक ढुङ्गेलले बरामद गरेको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए । 

प्रहरी निरीक्षक ढुङ्गेलका अनुसार तस्करले सशस्त्र प्रहरीलाई देखेपछि तस्करीको सामान छाडेर भागेका थिए । यसअघि पनि कार्यालय चैत १६ गते पनि अवैधरुपमा ल्याएको कपडा मोटरसाइकलसहित बरामद गरेको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal