काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ हजार ८ सयले बढेर १ लाख ३३ हजार रुपैयाँ पुगेको छ।
यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला १ लाख ३० हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला १ हजार ५ सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ रुपैयाँले बढेर १ हजार ६ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्