Skip to content

बुधबार सुनको मूल्य १८ सयले बढेर नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

 

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ हजार ८ सयले बढेर १ लाख ३३ हजार रुपैयाँ पुगेको छ। 

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला १ लाख ३० हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला १ हजार ५ सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ रुपैयाँले बढेर १ हजार ६  सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal