Skip to content

ग्लोबल आइएमई लघुवित्तको ८ हजार ७ सय कित्ता सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरू छन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय पोखरा विजयपुरमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

सो अवधीमा सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि निवेदन नपरेमा प्रचलित कानुनबमोजिम सर्वसाधारणको लागि बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal