Skip to content

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मंगलबार ब्राण्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाई र कलाकार गजुरेलले हस्ताक्षर गरेका हुन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए ।

कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेल कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारले विशेष उचाइ लिने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बिमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।

उक्त सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कर्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधनसम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal