Skip to content

नेपाल इन्भेस्टमेन्ट बैंकको साधारणसभा सम्पन्न, १ वर्षमा नाफ ३ अर्ब ७२ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९र८० को ३७ औं वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापूर्वक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९र८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको आर्थिक वर्ष २०७८र०७९ मा कुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृधि भई आर्थिक वर्ष २०७९र८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७९र८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९र८० मा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल  एक आपसमा गाभिई मिति २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो । मर्जरपश्चात् यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । 

हाल बैंकले २ सय ९६ शाखा, २ सय ८२ एटिएम, १६ राजश्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ माफर्त ३२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal