Skip to content

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो चैत २७ गते साधारणसभा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मृतभोग कालिकास्थान, काठमाडौंमा चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ । 

सो साधारणसभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । यसकारण लाभांश पाउन चैत १२ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal