Skip to content

विनोद चौधरीको सम्पत्ति २ खर्ब ४० अर्ब, एकवर्षमा सम्पत्तिमा देखिएन परिवर्तन

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा परिवर्तन नभएको देखिएको छ । 

विश्वमा अर्बपतिको सूचि सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनका अनुसार चौधरीको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर छ । 

गतवर्ष २०२३ को सूचिमा पनि चौधरीको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर रहेको थियो । 

चौधरी अहिले सांसद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । 

फोर्ब्स म्यागेजिनका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ 

अर्बपतिको संख्या २ हजार ७८१ छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो । 

विश्वमा सबैभन्दा बढी अर्बपतिको संख्या अमेरिकामामा रहेको छ । दोस्रोमा चीन र तेस्रोमा भारतमा अर्बपतिको संख्या बढी छ । 

अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। 

अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ। जहाँ अहिले २ सय जना अर्बपति छन्। 

फोर्ब्सका अनुसार अहिले सबैभन्दा धनी व्यक्ति बर्नार्ड आर्नल्ट हुन् । उनको सम्पत्ति २ खर्ब ३३ अर्ब अमेरिकी डलर रहेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal