Skip to content

शक्तिशाली भूकम्पपछि जापान र फिलिपिन्समा सुनामीको चेतावनी

एजेन्सी । बुधबार ताइवानमा ७.४ तीव्रताको भूकम्पपछि जापानको ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरिएको छ । सुनामीको लहर तीन मिटर अग्लोसम्म हुनसक्ने आशंका गरिएको छ । 

ताइवानमा पछिल्लो २५ वर्षमा यति ठूलो भूकम्प आएको थिएन् । 

जापानले ओकिनावाको तटीय क्षेत्रमा माानिसहरुलाई सुरक्षित निकाल्नका लागि एड्भाइजरी नोटिस जारी गरेको छ । 

जापानको सरकारी प्रसारण एनएचकेका अनुसार सुनामी विहान ९ः३० बजे आसपास इरिओमोटे तथा इशिगाकी द्विपमा आउन सक्नेछ । साथै विहान १० बजे आसपास मियाकोजी तथा ओकिनावाको मुख्य द्विपसम्म पुग्न सक्नेछन् । यहाँ बस्ने मानिसहरु सावधान रहन चेतावनी दिँदै सुरुमा  सुनामीको लहर केही सेन्टिमिटर अग्लो हुने भए पनि यसले भयानक रुप लिन सक्ने बताइएको छ ।

सन् २०११ मार्च ११ मा जापानको पूर्वोत्तर तटमा ९ तीव्रताको भूकम्प गएको थियो । जुन जापानमा आएको हालसम्मकै ठूलो शक्तिशाली भूकम्प हो ।

यसैबीच जापानपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सीहरुका अनुसार प्रशासनले ताइवानमा आएको भूकम्पपछि तटीय क्षेत्र खाली गर्नका लागि आदेश जारी  गरेको छ । अमेरिकी भूवैज्ञानिक सर्वेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुलियन सहरभन्दा १८ किलोमिटर दक्षिणमा अवस्थित छ । चिनियाँ सरकारी मिडियाका अनुसार चीनको दक्षिण पूर्वी फुजियान प्रान्तका केही  क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal