Skip to content

सीजीले ल्यायो ५८ हजार ८०० सम्मको क्यासब्याक अफर

nabil bank
काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ सोचौं, नयाँ रोजौँ’ भन्ने उपहार योजना ल्याएको हो । 
सो उपहार योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि  ५८ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु पाइने योजना उपलब्ध गराएको जनाएको छ ।  
यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडी टिभी, गुगल टिभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशसन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।
यसरी ३२, ४३, ५०, र ५५ को एलइडी टिभी, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५ र ७५ को गुगल टिभीमा क्यासब्याकलगायत २.१ स्पीकर उपहार पनि रहेको छ । 
त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेसिनमा क्यासब्याक लगायत ३ लिटर एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के।जी। एरियल उपहार रहेको छ ।
 माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् । 
साथै शून्य प्रतिशतको ईएमआई सीजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सिजीको सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । 
यो योजना चैत्त २१ देखि सिमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime