Skip to content
Prabhu

दुवईमा कन्सुलर कार्यालय खोल्न उपप्रधानमन्त्री श्रेष्ठसँग माग

 काठमाडौँ । नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाउँदै दुबईमा कन्सुलर कार्यालय खोल्न  माग गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा एनसीसी यूएईका महासचिव भूवनकुमार वाग्लेलगायतको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आफू सो मागप्रति सकारात्मक भएको र मन्त्रालयमार्फत कन्सुलर कार्यालय स्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभएको महासचिव वाग्लेले जानकारी दिए । “उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो मागलाई सकारात्मक रुपमा लिँदै आवश्यक समन्वय गरी कन्सुलर कार्यालय सकेसम्म चाँडो खोल्न पहल गर्ने बताउनुभएको छू”, महासचिव वाग्लेले भने, “उहाँले दिनुभएको आश्वासनले हाम्रो माग पूरा हुनेमा विश्वास बढेको छ ।”

ज्ञापनपत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल कोपमा भाग लिन दुबई पुगेका बेलामा एनसीसी यूएईका पदाधिकारीहरुले भेटेर कन्सुलर कार्यालय खोल्न आग्रह गरेको र प्रधानमन्त्रीले कन्सुलर शाखा खोल्ने आश्वासन दिनुभएको स्मरण गराइएको छ । महासचिव वाग्लेका अनुसार हाल यूएईमा श्रम स्वीकृति प्राप्त, भिजिट भिसा  अन्य गरी करिब पाँच लाख ५० हजार नेपाली रोजगारी तथा व्यवसाय पेशामा छन् । 

भेटका अवसरमा महासचिव वाग्लेसहित, सचिव अरुण अधिकारी र प्रेस संयोजक सुनिल खड्काको उपस्थिति थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal