काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एकासी अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बससेवामार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।
यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्त २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । विजेताहरूको नाम गोला प्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ ।
नयाँ वर्षको अफरबारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भने, ‘आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उद्देश्यले हामीले यो अफर सार्वजनिक गरेका हौँ, यो अफर अन्तर्गत केही यात्रुलाई भए पनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’
बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् ।
यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा छन्भ ने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्