Skip to content

बैंकिङ क्षेत्रसँग ५ खर्ब ऋण दिने क्षमता, कर्जाको ब्याजदर अब एकल अंकमाः सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रसँग ५ खर्ब ऋण दिने क्षमता रहेको बताएका छन् । 

बैकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले अहिलेको अवस्थामा ५ खर्ब ऋण दिने क्षमता भएपनि ऋण नबढेको बताए । 

“चालु आर्थिक वर्षमा निक्षेप बढेपनि ऋण बढेको छैन,”केसीले पत्रकार सम्मेलनमा भने,“ब्याजदर घटेपनि अहिले ऋणको माग बढेको छैन।”

कर्जाको ब्याजदर घट्दो क्रममा रहेको केसीले जानकारी दिए । औसतमा २ प्रतिशत बिन्दुले ऋणको ब्याजदर घटेपनि माग नबढेको बताए । 

“अब कर्जाको ब्याजदर एकल बिन्दुमा आउने स्थितिमा देखिएको छ,”उनले भने,“बैंकहरुले अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा ब्याजदर घटाउन थालेका छन्।”

उनले सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने नीति कार्यान्वयनमा आएको कारण १ खर्बले निक्षेप घटेको बताए । तरलताको सहज भएको बेला स्थानीय तहमा जाने पैसा गणना गर्न नदिने नीति ठीक देखिएपनि यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले दुर्गम क्षेत्रमा रहेका स्थानीय तहमा शाखा खोल्दा राज्यले दिने सुविधा अन्तर्गत त्यसलाई प्रयोग गर्न दिनुपर्ने बताए । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal