Skip to content

युनाइटेड अजोड इन्स्योरेन्सको १६ हजार ५ सय कित्ता सेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । 

सेयरको प्रतिकित्ता मूल्य २ सय ५ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १३ हजार २ सय ८० र सुवास न्यौपानेको नाममा रहेको ३ हजार ३ सय १३ गरी जम्मा १६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा आवश्यक कागजात सहित इन्स्योरेन्सको प्रधान कार्यलय सिटिसी मल सुन्धारामा आवेदन पेस गर्नुपर्ने संस्थाले जनाएको छ ।

सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal