Skip to content

ऊर्जा क्षेत्रका ४ वटा परियोजनामा १ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ऊर्जा क्षेत्रका ४ वटा परियोजनाको लागि १ खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले चारवटा परियोजनाको लागि ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । 

१६६ मेगावाटको सुपर तमोरमा ३४ अर्ब ५९ करोड ४२ मेगावाटको माथिल्लो मोदीको १० अर्ब ८ करोड, २५० मेगावाटको सोलार इनर्जीको लागि २१ अर्ब १० करोड र तल्लो मनाङ मस्र्याङ्दीको लागि ३३ अर्ब ४१ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । 

बैठकले लगानी सम्मेलन सफल बनाउनको लागि नीतिगत सुधारको निर्णयलाई अगाडि बढाउने भएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal