Skip to content

एलजीले ल्यायो नयाँ वर्ष उपहार योजना, एलजीका सामान किन्दा ४० प्रतिशतसम्मको क्यास ब्याक

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै  एलजीले ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाखको दुर्घटना बिमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्नसक्ने छन्।

त्यस्तै एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । 

ग्राहकहरूले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि।भी। पनि जित्न सक्नेछन् । कुनै पनि एलजी टिभी को खरिदमा १ लाख रुपैयाँको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । 

ग्राहकहरूले लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । 

यो योजना चैत्त २१ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधि को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal