काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कुलचन्द्र पराजुलीलाई नियुक्ति गरेको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सीइओमा पराजुली नियुक्त गरेको हो ।
साथै, पराजुलीको कार्यकाल आगामी वैशाख १ गतेदेखि लागू हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्