काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयान्ले बढेर १ लाख ३४ हजार रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३३ हजार ३ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ६ सय १० मा कारोबार भएकामा आजका लागि भने १ हजार ६ सय ५० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्