Skip to content

रिडी पावरको हकप्रद सेयर बाँडफाँट, ११ लाख कित्ता अवितरित लिलाम गर्दै

काठमाडौं । रिडी पावर कम्पनीले  मंगलबार हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । 

उक्त कम्पनीले प्रतिसेयर अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। सोमध्ये ६० हजार ६ सय २ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८ सय ४९ कित्ता हकप्रद सेयरका लागि आवेदन दिएका थिए। सोहीअनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो।

सो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो। हकभन्दा बढी सेयर माग गरी दरखास्त दिएका आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद सेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। सो सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal