Skip to content

विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । 

गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताए । उका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ । 

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु दश लाख  बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताए । अघिल्लो वर्ष सोही  गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal