Skip to content

जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा

डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिए।

मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एक साताभित्रै सबै काम सम्पन्न हुने शाहीले बताए । ‘डोल्पावासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाई यातायात नै भएकाले अहोरात्र काम भइरहेको छ, त्यसमा पनि स्थानीय युवा व्यवसायीको सक्रियताका कारण पनि काम छिटो भयो’, शाहीले भने ।

सकेसम्म वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । निर्माणको जिम्मा आजीवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित छ करोड रुपैयाँमा लिएको छ । विमानस्थलको धावनमार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।

धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले पनि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए । विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा हवाईजहाज आवातजावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima