Skip to content

भ्याकेट निवेदनको तयारीमा बद्रि केसी समूह, वकीलको च्याम्बरमा लेखेको फैसला सर्वोच्चले सुनाएको केसीको आरोप

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बारे सर्वोच्च अदालतको फैसलाप्रति बद्री केसी समूहले असन्तुष्टि जनाएको छ । शुक्रबार साँझ बसेको केसी पक्षको भर्चुल बैठकले सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको निष्कर्ष निकाल्दै पुनरावलोकनका लागि भ्याकेट दिवेदन दिने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक पदाधिकारीले फैसलाको पूर्णपाठ आएलगत्तै भ्याकेट निवेदन दिने निर्णय गरेको जानकारी दिए । बैठकमा सहभागी केसी पक्षका अधिकांश सदस्यहरुले फैसला चित्तबुझ्दो नभएकाले भ्याकेटमा जानुपर्ने सुझाव दिएसँगै सोहीअनुसार अघि बढ्ने निर्णय भएको उनको भनाइ छ । 

यस्तै केसी पक्षले परराष्ट्र मन्त्रालयले सर्वोच्चको फैसलाबारे जानकारी नदिएसम्म कार्यसमितिले काम गर्ने तर दीर्घकालिन निर्णय पनि गरेको छ ।

बैठकले सर्वोच्चको फैसलाअनुसार २०७८ माघ १ मा बनेको उच्चस्तरीय समितिका संयोजक शेष घलेले तोकिएको मितिमा चुनाव गराउन सक्नेमा पनि आशंका व्यक्त गरेको छ । 

बैठकमा बोल्दै केसीले अदालतले उच्चस्तरीय समितिमा बिनोद कुँवरको समितिका अध्यक्ष, महासचिव र उपाध्यक्षलाई  राखेको तर आफूहरुको तर्फबाट भने अध्यक्षहरुलाई मात्रै राखेको बताएका थिए ।

उनले कानुन संसोधन गरेर गैरआवासीय नेपाली संघ एउटा मात्र गर्नुपर्छ भन्ने मागलाई उच्च प्राथमिकताका साथ उठाउनुपर्ने धारणा पनि राखेका थिए । केसीले अदालतको मानहानी हुनेगरी सर्वोच्चको फैसलालाई चुनौती पनि दिएका छन् । उनले फैसला अदालतमा लेखिएको नभएर कुनै ल फममा लेखिएको आरोप समेत लगाएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले ठोकुवाका साथ यस्तो बताएका हुन् । 

बुधबार सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुई कार्यकालका सबै नेतृत्वलाई अधैव घोषणा गरेपछि केसी निकटका कार्यसमितिको बैठक बसेको हो । सर्वोच्चले १० औँ र ११ औँ महाधिवेशनबाट चयन भएका सबै कार्यसमितिलाई अवैघ ठहर गर्दै घलेका नेतृत्वमा ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal