Skip to content

बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले  ठेक्का आह्वान गरिसकेको हो। १५ करोड रुपैयाँ बजेट लागतको बहुवर्षीय ठेक्काअन्तर्गत सघन सहरी तथा भवन निर्माण योजनाले टेन्डर खोलेको हो । 

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । अर्थ मन्त्रालयबाट  १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजनाले बनाएको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो । 

आव २०८२र८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्य अगाडि बढाउने जनाएको छ । ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटनालगायत सबै प्रकारका बिरामीले सहज उपचार पाउने छन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal